बंगलादेशमा हिन्दू महिला माथि अमानवीय अत्याचार रोक

बंगलादेशमा हिन्दूहरू माथि अत्याचारको क्रम निरन्तर जारी छ । एक ताजा घटनामा एक हिन्दू महिलालाई पुरुष र महिला समेतको एउटा हुलले नाङ्गो पारेर सामूहिक बलात्कार गरेको र त्यसको भिडियो बनाई सामाजिक संजालमा पोस्ट गरिएको बताइन्छ ।

आजको युगमा “मानव” बस्ने गरेको कुनै समाजमा यस्तो किसिमको घटनाको परिकल्पना पनि गर्न नसकिने अवस्थामा नजिकैको छिमेकी राष्ट्र बंगलादेशमै फरक धार्मिक आस्थाकै कारण अल्पसंख्यक हिन्दू समुदायका महिला माथि यस्तो किसिमको अमानवीय अत्याचार र दानवी व्यवहार निरन्तर भइरहनु अत्यन्त दु:खद एवम् आपत्तिजनक छ । झन् आश्चर्यजनक त के छ भने यस्ता अत्याचार रोक्न र अपराधीलाई उचित दण्ड दिन त्यहाँको सरकार द्वारा कुनै ठोस कदम नचालिनुले यस्ता अत्याचारमा सरकारको मौन समर्थन रहेको प्रष्ट हुन्छ ।

नोबेल शान्ति पुरस्कार विजेता डा. युनुस नेतृत्वको बंगलादेश सरकारको यस रवैया प्रति घोर भर्त्सना गर्दछु । साथै बंगलादेशमा महिलाहरू माथि भैरहेको यस्ता अमानवीय हिंसा प्रति सम्पूर्ण विश्वको ध्यानाकर्षण गराउँदै यस्ता साम्प्रदायिक अपराध नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्दै पीडितलाई न्याय दिन बंगलादेश सरकार माथि आवश्यक दबाव दिन आह्वान गर्दछु ।

10 thoughts on “बंगलादेशमा हिन्दू महिला माथि अमानवीय अत्याचार रोक

  1. Здесь доступны как классические игровые автоматы, так и современные видеослоты.
    Casino Pinco
    Каждый игрок получает качественный сервис и поддержку.

Leave a Reply

Your email address will not be published. Required fields are marked *