बपजेठ : तानाशाह

तानाशाहले आफूलाई सबैभन्दा माथि, सबैभन्दा जान्ने ठान्दछ । उ अरुको कुरा सुन्न होइन, अरुलाई निर्देश गर्न मन पराउँछ, आफ्नो विचार अरु माथि थोपर्न मन पराउँछ । अनि चाकडीवाजहरू तानाशाहका पादलाई पनि उच्चकोटीको दुर्लभ इत्र भनी बखान गर्छन् ।

बालेन्द्र साह उस्तै तानाशाह प्रवृतिका व्यक्ति हुन् । मेयर हुँदादेखि नै यो कुरा पुष्टि भैसकेको छ । उनका चम्चा बेल्चाहरू, जो तिनीहरूकै शब्द सापटी लिँदा, झोलेहरू पादविज्ञ सरी हर क्षण उनको महिमामण्डन र लिपापोती गर्न तल्लीन रहन्छन्, सत्यलाई झुठ र झुठलाई सत्य भनी झोलाझम्टा बोकेर भजन गाइरहन्छन् ।

आज संसदमा ८२ वर्ष उमेर पुगेका सम्माननीय राष्ट्रपतिले, बालेन्द्रले नै राष्ट्रपतिलाई टेबुल गरेका, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा ३६ वर्षे बालेन्द्रले बीचमै उठी हिडेर जुन अशिष्टता देखाए त्यो त्यही तानाशाही प्रवृतिको द्योतक हो ।

संसदले उनको नजरमा केही महत्त्व राख्दैन, बूढो राष्ट्रपतिलाई त झन् के टेर्नु । सबैभन्दा जान्ने आफू मात्रैलाई ठान्ने । यस्ता बुढोको बकबक के सुन्नु, ह्या… म त हिँडें ! शिष्टाचार भन्ने पनि थाहा छैन । झोक चल्यो भने फेसबुकमा गएर जसलाई पनि जथानाम गाली गर्यो, जथाभावी थर्कायो । सबै चोर, मै मात्रै हो चोखो ! मैथिलीमा यस्तोलाई #बपजेठ भनिन्छ । यसको अर्थ हुन्छ – #बाप अर्थात् बाउ भन्दा पनि #जेठ अर्थात्  जेठो ।

संसद उनले चाहेर सुचारु भएको पनि होइन, संसदीय प्रणालीको बाध्यताले बोलाउनु परेको हो । कसैले आलोचना गरेको, प्रश्न उठाएको उनलाई मन पर्दैन । संसदमा त जसले पनि प्रश्न उठाउन सक्ने भए, जसले पनि हप्काउन सक्ने भए । त्यसैले उनी अध्यादेश मन पराउँछन् ताकि कसैले प्रश्न गर्ने अवसर नपाउन् । यिनीहरूको यत्रो हिम्मत ! मलाई प्रश्न गर्ने ? मलाई ? ……

यही हो बपजेठ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *