
सनातन हिन्दू परम्परामा सिन्दुरको निकै महत्व छ । सिन्दुरलाई सौभाग्य एवम् शक्तिको प्रतीक मानिन्छ । विवाहित महिला दिदीबहिनीहरूले नित्य स्नान गरेर सिन्दुर शृङ्गार गरी आफ्नो इष्ट देव/देवीको पूजा गर्ने र पति एवम् ठूलाबडाको आशीर्वाद लिने गर्नाले घरमा सुख, शान्ति एवम् सौभाग्य वृद्धि हुन्छ । तर सिन्दुर लाउँदा सामान्य औपचारिकताका लागि अलिकति सिन्दुर लाइदिएर मात्र पूर्ण लाभ प्राप्त हुँदैन । पतिव्रता स्त्रीले नित्य स्नान गरेर शास्त्रोक्त विधीपूर्वक निश्चित मन्त्र उच्चारण गर्दै सिन्दुर लाउनुभयो भने यसले सकारात्मक उर्जामा वृद्धि भई आफ्नो र पतिका साथसाथ सम्पूर्ण परिवारकै जीवनमा सुख शान्तिमा वृद्धि गर्दछ । सिन्दुर सिउँदोमा मात्र होइन, विभिन्न पाँच स्थानमा लाउनुपर्छ । आउनुहोस्, सिन्दुर लाउने सही तरिका र मन्त्र बारे जानकारी लिऔं ।
सिन्दुर एक प्राकृतिक खनिज हो । सनातनकाल देखि नै यसको प्रयोग हुँदै आएको छ । अचेल बजारमा कृत्रिम रसायनयुक्त सिन्दुर पनि पाइन्छ । तपाईं जहिले पनि गुणस्तरीय सिन्दुरको चयन गर्नुहोस् । सस्तो र गुणस्तरहीन सिन्दुरले तपाईंलाई एलर्जी र अन्य रोग समेत हुनसक्छ । जुन सिन्दुरले तपाईंको छालामा नराम्रो असर गर्दैन, त्यस्तै खालको सिन्दुरको प्रयोग नियमित रुपमा गर्ने गर्नुपर्छ ।
सर्वप्रथम नित्य स्नान गरेर सफा र पवित्र वस्त्र धारण गर्नुहोस् । अनि सिन्दुरको पात्र (बट्टा) आफ्नो देब्रे हातको हत्केलामा राखेर खोलनुहोस् । त्यसपछि ऐना सामु उभिएर तल दिइएअनुसारका मन्त्रहरू उच्चारण गर्दै श्रद्धान्वत भइ सिन्दुर लाउनुहोस् ।
१. प्रथमतः “ॐ कृष्णाय नम:” मन्त्र जप्दै सिउँदोमा सिन्दुर लाउनुहोस् ।
२. त्यसपछि “ॐ केशवाय नम:” जप्दै निधारमा टीका लाउनुहोस् ।
३. तेस्रो नम्बरमा “ॐ गोविन्दाय नम:” मन्त्र जप्दै कण्ठमा सिन्दुरको टीका लगाउनुहोस् ।
४. त्यसपछि “ॐ मधुसुदनाय नम:” जप्दै देब्रे हातको नाडी (संख) मा टीका लगाउनुहोस् ।
५. अन्त्यमा “ॐ वासुदेवाय नम:” मन्त्रको जाप गर्दै आफूले लाएको सारी (वस्त्र) मा टीका लाउनुहोस् ।
यसरी नियमित रुपमा पूर्ण शास्त्रोक्त विधिपूर्वक सिन्दुर लाउँदा तीनै लोकका सम्पूर्ण देवी देवताहरूको आशीर्वाद प्राप्त हुन्छ, पतिसँग सम्बन्ध मधुर रहनुका साथै दाम्पत्य जीवनमा मिठास बढ्छ र सुखमय हुन्छ, साथै सकल परिवारमा सकारात्मक विचार, वातावरण र उर्जाको विकास हुन्छ । यसले महिलामा आत्म विश्वास बढ्नुका साथै सुरक्षाभावमा समेत वृद्धि हुन्छ ।
कतै बाहिर जाँदा मात्रै सिन्दुर लाउने होइन, घरमै रहँदा पनि सिन्दुर लाउनुपर्छ, शृङ्गार गरि बस्नुपर्छ, अनि पो घरमा सकारात्मक उर्जा विकास हुन्छ । अरुका लागि मात्र शृङ्गार गर्ने होइन, आफ्नाका लागि पनि शृङ्गार गर्नुपर्छ । जीवन तपाईंले आफ्नो परिवारसँग बिताउनु पर्छ अत: घर परिवार भित्रको वातावरण पनि सकारात्मक हुन त्यतिकै आवश्यक हुन्छ । तर आधुनिक महिलाहरू प्रायः सिन्दुर लाउन चाहदैनन् । सिन्दुर लाउनुलाई अनपढ्,अज्ञानता, पछौटेपन र असभ्यताको रुपमा पनि देख्छन् । किनकि सिन्दुर लाएपछि तपाईं एक विवाहित नारी हो भन्ने प्रष्ट देखिन्छ । कतिपय आधुनिक महिलाहरू आफूलाई विवाहित देखाउन चाहदैनन्, आफूलाई खुला राख्न चाहन्छन् किनकि विवाहित महिला प्रति समाजको नजर, भाव र व्यवहार फरक हुन्छ भने अविवाहित कन्या प्रतिको व्यवहार फरक हुन्छ ।
सिन्दुर एउटा शृङ्गारको साधन अथवा विवाहित नारीको चिन्ह मात्र होइन, यो महिला स्वास्थ्यको लागि पनि निकै महत्त्वपूर्ण औषधि हो । प्राकृतिक चिकित्सक एवम् नाडीचक्रविज्ञहरूका अनुसार हाम्रो शरीरमा विभिन्न स्थानहरूमा विभिन्न आज्ञाचक्रहरू हुन्छन् । ती चक्रहरूले शरीरका विभिन्न प्रणालीहरूलाई नियन्त्रण अथवा प्रभावित गर्ने गर्दछन् । ती चक्रहरू निष्क्रिय भएमा अथवा शरीरका प्रणालीहरूमा असन्तुलन उत्पन्न भएमा विभिन्न प्रकारका रासायनिक एवम् यान्त्रिक असन्तुलन भइ शारीरिक एवं मानसिक समस्याहरू देखिन्छन् । यसको छुट्टै विज्ञान छ र यसको छुट्टैअध्ययन गर्नुपर्छ । यहाँ संक्षेपमा भन्नुपर्दा तपाईं जहाँ जहाँ सिन्दुर लाउनुहुन्छ, सिन्दुरले त्यहाँ त्यहाँका आज्ञाचक्रहरूलाई जागृत गर्दछ जसले गर्दा नारी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । सिन्दुर नारी शृङ्गार र सौभाग्यका साथै स्वास्थ्यका लागि पनि महत्वपूर्ण एवम् उपयोगी तत्व हो । अत: श्रद्धापूर्वक अभिमन्तृत गर्दै सिन्दुर प्रयोग गर्नुहोस् ।
– सि. एन. खड्गा




clickrevenue.click – Mobile version looks perfect; no glitches, fast scrolling, crisp text.
Discover the thrill of real-money live casino action at list of software developers on Maxispin platform, where you can enjoy live dealers, top software providers, and exclusive promotions.
Clear menus and helpful guides reduce friction for users seeking content.
Sprawdz poradnik jaka kamera fpv na poczatek, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start.
Przy dynamicznym lataniu warto wybrac kamere oferujaca wyzszy bitrate i sprawna kompresje.
Discover the amazing features of hghjfjdossa and elevate your experience today.
Hghjfjdossa’s role boosts operational success and practical outcomes.