
पूर्व राजालाई “श्री ५ महाराजाधिराज” लेख्ने बारे मैले ५-७ वर्ष अघि नै प्रश्न गरेको थिएँ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ र गणतान्त्रिक संविधानले कुनै राजा र राजसंस्थाको व्यवस्था गरेको छैन । कोहि जनताले श्रद्धापूर्वक पूर्वराजा वा उनका परिवारलाई पूर्ववत् “श्री ५” भनेर संबोधन गर्नु सामान्य कुरा हो तर पूर्वराजा वा परिवार स्वयंले वा आफ्नो तथाकथित संवाद सचिवालयको तर्फबाट “श्री ५ महाराजाधिराज” भनेर सन्देश जारी गर्नु असंवैधानिक कार्य हो । यस्तो नपाएको पगरी गुथ्नु दण्डनीय हुनसक्छ ।
त्यतिखेर मेरा केही निकटतम् तर राजाभक्त मित्रहरूसंग मेरो बहस पनि भएको थियो । तर पूर्वराजाका सहयोगी डा. फणीराज पाठकलाई पूर्ववत् “प्रमुख संवाद सचिवालय” को भुतले छोडेन र तिनले ज्ञानेन्द्र शाह ज्यूलाई जबर्जस्ती “श्री ५” बनाइ राखे । हरेक वर्ष फागुन ७ गतेको प्रजातन्त्र दिवस होस् कि पृथ्वी जयन्ती होस् अथवा दशैं तिहारको अवसरमा श्री ५ महाराजाधिराज र प्रमुख संवाद सचिवालयको भुत जागिहाल्ने गर्थ्यो, पुरानो त्यो शाही छनक देखाइ हाल्थ्यो । गत वर्ष माघ फागुनमा त राजा फर्काउने आन्दोलन नै चल्यो । चम्चा बेल्चाहरूको हुजुम देखेर ज्ञानेन्द्र जी आफै पनि थोरै हौसिएका थिए । डा. पाठकबाट पटापट संदेशहरू जारी हुन थाल्यो । अति नै भएपछि यस माथी राज्यको ध्यानाकर्षण हुनु स्वाभाविक नै देखियो । गत साता तिनै पाठकलाई सरकारले तलब गरेर यस बारे सोधपुछ गरेपछि उनी निरुत्तर भए । पूर्व राजालाई “श्री ५” को पगरी गुथी राख्नुपर्ने कुनै वैधानिक तर्क उनीसँग थिएन । मूर्खतापूर्ण ढिपी गर्नु डाक्टर साहबलाई शोभा दिने कुरो भएन । अनि पाठक जीले आइन्दा “श्री ५” नलेख्ने कागज गरि रिहा भएछन् ।
यस विषयमा अझै पनि केही भक्तहरूले ढिपी गर्न छोडेका छैनन् । राजा पूर्व हुँदैन रे, एकपटकको राजा सधैंको राजा आदि इत्यादि मूर्खतापूर्ण कुराहरू गरिरहेका देखिन्छन् । यी व्यक्तिहरू मध्ये कतिपय हिजोको गणतान्त्रिक आन्दोलनमा पनि लागेका थिए, गणतन्त्र आएपछि राजनीतिक लाभ लिन दलीय राजनीतिमा पनि लागे, दल पनि खोले, निर्वाचनमा भाग पनि लिए । तर पराजित भएपछि, सांसद मन्त्री बन्न नसकेपछि वा सत्ता सुख भोव्न असफल भएपछि अहिले गणतन्त्रको बिरोधमा उत्रिएका छन्, पूर्वराजालाई उक्साइ उक्साई राजा फर्काउने आन्दोलन गरिरहेका छन् । बिग्रेको एकमात्र छोराको हर्कतबाट बिरक्तिएर एकान्तमा आनन्दपूर्वक जीवनको उत्तरार्ध वानप्रस्थ समय बिताइरहेका पूर्वराजाको मनमा पुनः सत्तामोह जगाएर देशमा पुनः अस्थिरता उत्पन्न गर्ने र परिस्थितिको लाभ उठाउने कुचेष्टा गर्ने यस्ता अस्थिरतावादी अवसरवादीहरूलाई सबैले चिन्नुपर्छ ।
यो सही हो कि गणतन्त्र आएर शासनमा गुणात्मक सुधार भएन, भ्रष्टाचार बढ्यो । तर यसको तात्पर्य गणतन्त्र खराब भन्ने होइन । गणतन्त्र सर्बोत्तम व्यवस्था हो । केही बाँकी छ भ्ने त्यो हो इमान्दारिता । हामी सबै इमान्दार होऔं । सबै ठीक हुन्छ ।
заклепка вытяжная 3.2 заклепка вытяжная
Нашёл наконец kraken marketplace официальный адрес на проверенном информационном ресурсе
дизайн спальни в доме дизайн проект коттеджа
дизайн квартир м дизайн 2 комнатной квартиры
нержавеющие полотенцесушители купить полотенцесушитель в ванную
Discover the thrill of real-money live casino action at maxispin-au.com, where you can enjoy live dealers, top software providers, and exclusive promotions.
Navigating maxispin-au.com is intuitive even for newcomers to the field.
Sprawdz poradnik jaka kamera fpv na poczatek, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start.
Dobrze dobrana kamera do drona FPV wplywa bezposrednio na komfort pilotazu i efekt koncowy nagran.
VIN777Vegas. A bit flashy, maybe. But lots of games. If Vegas is your thing, might wanna give it a spin. vin777vegas
Discover the amazing features of hghjfjdossa and elevate your experience today.
The outlook for hghjfjdossa is optimistic with many opportunities.