तत्कालीन श्रममन्त्री #दिपक_साह जसले बीमा बोर्डमा आफ्नी पत्नीलाई नियुक्त गरे गराएका पनि थिएनन्, मिडियामा हल्ला उठाएर सरकारको बेइज्जती भयो भन्दै #रवि_लामिछाने को ओभर प्रेसरको कारण प्रमले उनलाई अपदस्थ गरे । त्यो भन्दा बढी सरकारको बेइज्जती त गृहमन्त्री #सुदन_गुरुङ को लन्ठै हर्कतहरूले भैरहेको छ । बिना कुनै ठोस आधार/सबुत, सनकको भरमा, रातारात अन्य पार्टीका नेता/पूर्वमन्त्रीहरूलाई गिरफ्तार गराएर वाहवाही लिने तर अदालतमा पेश गरेपछि अदालतले त्यस्तो गिरफ्तारीलाई नै अवैध ठहर्याइ रिहा गरिदिने अवस्था ल्याउदा सरकारको झन् कति बेइज्जती भएको छ । अझ आज त सम्पत्ति शुद्धीकरणमा गिरफ्तार गरिएका बिचौलिया #दीपक_भट्ट को साझेदार नै सुदन गुरुङ रहेको तथ्य पनि बाहिरिए पछि झन् प्रधानमन्त्रीकै बेइज्जती भएको छ । यस्तोमा प्रम #बालेन ले यस्तो बिचौलियालाई कहिलेसम्म काँखी च्यापेर बचाइरहने हुन् ?
