सरकारले सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सुशासनको मार्गचित्र तयार गर्न गठित समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरेको हो ।
सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद् बैठकले २०८२ पुस १४ मा सुशासन मार्गचित्र तयार गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरीषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले चैत ३ मा प्रतिवेदन बुझाए पनि तत्कालीन सरकारले सार्वजनिक गरेको थिएन ।
समितिमा विभिन्न मन्त्रालयका सहसचिव, जेन-जी प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सदस्य थिए । जसमा टंकप्रसाद पाण्डेय, सुरेश पन्थी, एकदेव अधिकारी, कृष्णराज पन्त, गोविन्दप्रसाद रिजाल, सुवासचन्द्र शिवाकोटी, नारायणप्रसाद भट्ट, मोनिका निरौला, सान्केन राई, अन्जन श्रेष्ठ र नारायण अधिकारी सदस्य थिए भने सहसचिव भीष्मकुमार भूसाल सदस्य सचिव थिए ।