कोशी बेच्यौ, गण्डकी बेच्यौ, बेच्यौ टनकपुर

कोशी बेच्यौ, गण्डकी बेच्यौ, बेच्यौ टनकपुर,
शंका गर्छौ मधेशी माथी बेच्छन् कि जनकपुर ?
मधेशिले सत्ता खोस्लान् कि भनी गङ्गासम्म भारतलाई बेच्यौ,
आफ्नो सत्ता टिकाइ राख्न चेली पनि भोटलाई बेच्यौ ।
फुर्ती गर्छौ वीरताको, जिन्दगी बित्छ बिदेशीकै गुलामीमा,
गुलामीको तक्मा भिरी, शान देखाउछौ नेपाली भुमिमा ?
आफु पुग्छौ दिल्ली दैलो, रास्ट्रवादी कहलाउछौ,
एउटा मधेसी लैनचौर जाँदा भारतीय हस्तक्षेप भनी रुन्छौ कराउछौ ।
पहिचान र अधिकार माग्ने जनतालाई बिदेशी भनी भड्काउने,
आफ्ना पुर्खा सखा भारतबाटै आउँदा लाजै पचाउने ।
तिमिभन्दा कम रास्ट्रवादी मधेशी पनि छैनन्,
आफ्नो पहिचान र अधिकार नलिइ पछि हट्ने छैनन् ।
तिम्रो उपनिवेश अब मधेशमा चल्दैन,
मधेश बिरोधिको दाल अब मधेशमा गल्दैन ।
मिलेर बसे दाजुभाइ नाता गासी बस्छौं,
मधेसी पहाडी मिलेर देश बिकास गर्छौ,
मिलिजुली समुन्नत नेपालको आधार जोड्छौं,
धोखाधडी षडयन्त्र गरेमा डाँडा पारी धपाउछौं ।

(२०७२ सालको आन्दोलनताका रचित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *