हिमनदीबाट बरफको २ हजार फिट चौडा टुक्रा टुटेर खोँचमा बजारिएर बाढी आएको हो

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिम-चट्टान पहिरो (आइस–रक एभालान्च) को कारण यो बाढी आएको जनाएको छ । प्लानेट ल्याबको स्याटलाइट तस्बिरको आधारमा प्राधिकरणको प्रारम्भिक अध्ययन अनुसार ‘नेपाल–चीन सिमानामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको हो ।’


बाढीको सुरुवाती विन्दु नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व भएको हो ।
न्युयोर्क टाइम्सले ‘आइस एभालान्च’ का कारण भएको यो घटनामा हिमनदीबाट बरफको २ हजार फिट चौडा टुक्रा टुटेर खोँचमा बजारिएको र त्यसपछि बरफ र पानीको मुस्लो तल बगेको क्यानडास्थित युनिभर्सिटी अफ क्यालगरीका भूवैज्ञानिक डेनियल सुगरले बताएका छन् ‌। सो क्षेत्रको एउटा हिमनदी टुटेको जस्तो छ, जसका कारण बरफको टुक्रा एक किलोमिटर तल बजारिएको र बरफ बजारिँदा बम विस्फोटजस्तो भएको देखिएको हो ।’

#Nepal #Rasuwa #Rasuwagadhi #Bhotekosi #Lhende #Timure #Trishuli #Kathmandu #flood

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*