धनुषाको #लक्ष्मिनिया गा.पा. वडा नं. ६, #बगेबा मा #यदुवंशी_उत्थान_समाज_नेपाल को सामुदायिक सेवा भवनको निरीक्षण गरियो । हाल एक तले सेवा भवन संचालनमा आइसकेको छ । भवनको संचालन तथा व्यवस्थापनको लागि स्थानीय समाजसेवी एवम् जग्गादाता श्री विन्देश्वर यादव ज्यूको अध्यक्षतामा ९ सदस्यीय शाखा कार्यसमिति समेत गठन गरिएको छ ।
गएको वैशाख २६ गतेका दिन समाजका केन्द्रीय सदस्य श्री गुलाब चन्द्र यादव ज्यूको सभापतित्वमा बसेको स्थानीय समाजसेवी, भद्रभलादमी एवम् युवाहरूको भेलाले शाखा कार्यसमिति चयन गरि केन्द्रीय कार्यसमितिलाई पठाइएको थियो जसलाई केन्द्रीय कार्यसमितिले जेठ १५ गते अनुमोदन गरेको थियो ।
आज केन्द्रीय अध्यक्ष श्री श्याम सुन्दर यादव ज्यूका साथ भवनको निरीक्षणमा गएको समयमा शाखाका सचिव श्री देव यादव ज्यूसँग भेटघाट भयो । वहाँले भवनको अवस्था बारे विस्तारमा जानकारी गराउनु भयो । भवन संचालनमा आएपछि स्थानीय जनताहरू खुशी छन् र आगामी दिनमा भवनका लागि यथायोग्य सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिरहेका छन् ।
Leave a Reply