१. रवि लामिछाने संलग्न सबै सहकारी ठगहरूको मुद्दा फिर्ता गराइयो, ठगिएको रकम जनताको कर (राज्यकोष) बाट भुक्तानी गरियो ।
२. सुधन गुरुङको सम्पत्ति शुद्धीकरण, रिसोर्ट कान्ड ढाकछोप गरियो ।
३. बिना कुनै व्यवस्था, सनकको भरमा सुकुम्बासी हटाउँदा ४ जना सुकुम्बासीलाई आत्महत्या गर्ने अवस्थामा पुर्याइयो, मासिक १५-१७ हजार भत्ता बाँड्दा राज्य माथि कति अनावश्यक भार बढाइयो ?
४. ओलीले शुरु गरेको सुरुङ्ग मार्गमा उनको नाम मेटेर आफ्नो नाम राखियो ।
५. २४ घन्टामा राहदानी र चालक लाइसेन्स बाँड्ने भनेर झुठो प्रचारबाजी गरियो, तर लाइसेन्स पाउन अझै २ महिना लागिराखेको छ ।
६. डाटा असुरक्षा, आफ्नै पार्टीका नेताहरूको डाटा डार्क वेभमा बिक्रीमा पुर्याइयो ।
७. नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको भन्दै देशको बेइज्जती सहित अप्ठ्यारो स्थितिमा पुर्याइयो, त्यसै निहुँमा लिपुलेकको माग सिध्याइयो ।
८. बाढी पीडितको उद्धारमा घमण्डीपनले बाह्य सहयोगमा ढिलाइ गरी धेरै नागरिकलाई तड्पिदै मर्न बाध्य पारियो ।
९. हिलो फाल्ने मेसिन संसारमै नभएको अल्पज्ञान बाँडेर जगहँसाई गराइयो ।
१०. बिना आधार, बिना अभियोग, आफ्नो समर्थन नगर्ने वा कमजोरीको आलोचना गर्ने सर्वसाधारण, पत्रकार देखि पूर्व विशिष्ट सम्मलाई अपहरण शैलीमा गिरफ्तार गर्ने र अदालतबाट सुरक्षाकर्मी समेतको बेइज्जती गराउने काम गरियो ।
११. गौरी बहादुर कार्की आयोगको प्रतिवेदन विपरीत, कारबाही गर्नुपर्नेलाई उन्मुक्ति र गर्न नपर्नेलाई बलजफ्ती थुनेर सास्ती दिइयो ।
१२. मानवअधिकार आयोगको प्रतिवेदन बुझ्नै आनाकानी गरियो, बुझे पछि पनि त्यतिकै थन्क्याएर दोषीलाई संरक्षण प्रदान गरियो ।
१३. मेरिटोक्रेसीको नाममा प्रमुख निकायहरूमा आसेपासे, आफन्त र कार्यकर्ता भर्ना गरियो ।
१४. मन्त्रीपरिषद भन्दा ठूलो मन्त्रीपिच्छे अर्दलीहरू नियुक्त गरि सचिवालय बनाएर कार्यकर्ता भर्ती गरियो ।
१५. स्वास्थ्य बिमामा ३५०० पृमियम लिएर १ लाखको उपचार सुविधा दिन नसक्ने भनियो तर १ सयको सामानको किनेको बिलमा पुरस्कारको नाममा पाक्षिक रुपमा २० लाख सम्म उडाइयो ।
१६. सरकारी विद्यालय सुधार्न छोडेर गैरसरकारी विद्यालयमा पढ्ने विद्यार्थी माथि अतिरिक्त कर लगाइयो ।
१७. सरकारी अस्पताल सुधार्न छोडेर गैरसरकारी अस्पतालमा उपचार गराउने बिरामी माथि अतिरिक्त कर लगाइयो ।
१८. ग्यास वितरण नियन्त्रण गर्ने नाममा चरम अभाव सिर्जना गराइयो, छ महिने नाकाकस्सीको बेला पनि नभएको जस्तो ग्यासमा ३६ घन्टा सम्मको लाइन लगाइयो, अझै पनि महिनौंसम्म ग्यास नपाउने अवस्थामा पुर्याइयो ।
१९. बढी बिजुली बाल्नेलाई महशुल घटाउनुको सट्टा उल्टै अतिरिक्त मुअकर लगाइयो ।
२०. आफ्नै घर भए पनि सांसदहरूलाई मासिक घर भाडा र मर्मत खर्च खुवाएर राज्यकोषको दोहन गरियो ।
२१. मल्टिप्लगले २०% विद्युत खपत गर्ने अदभूत ज्ञान बाँडियो ।
२२. पुरुषको पनि पाठेघर हुन्छ भन्ने अदभूत नयाँ आविष्कार गरियो ।
Leave a Reply