संजय साहले “महामन्त्रको जाप गरेर बसें” भन्दा केही सम्पादकहरूको बौद्धिक स्खलन छताछुल्ल – सि.एन. खड्गा

योग साधनाले मान्छेको शारीरिक क्षमता, श्वास नियन्त्रण र सहनशक्तिमा चमत्कारिक वृद्धि हुने कुरा विज्ञानसिद्ध छ । शान्त चित्त भइ मन्त्र जाप गर्नु पनि योग नै हो । मन्त्र जाप गर्दै गहिरो समाधि (योग निद्रा) मा लीन हुँदा, मानिसको शरीरको पाचनक्रिया र ऊर्जा खर्च हुने प्रक्रिया लगभग शून्य बराबर हुनजान्छ, जसले गर्दा लामो समयसम्म साधक भोजन बिना पनि बाँच्न सक्छ ।

आधुनिक विज्ञानमा वैज्ञानिकहरूले समेत चिसो रगत हुने  केही जीवहरू जाडो याममा महिनौंसम्म जमीनको केही फिट मुनि गइ केही पनि नखाई सुत्ने प्रक्रियालाई स्विकार गरेका छन् जसलाई #हाइबरनेसन भनिन्छ ।

समाधिमा मानिसहरूको शरीर पनि त्यस्तै न्यूनतम् ऊर्जा खर्च हुने अवस्थामा पुग्छ । एकाग्र भएर मन्त्रको निरन्तर जाप गर्दा शरीर र वरपर एक शक्तिशाली कम्पन र ऊर्जा क्षेत्र पैदा हुन्छ । यो बेला मानिसहरूले आफ्नो मानसिक शक्ति र कुण्डलिनी शक्तिलाई जागृत गरेर ब्रह्माण्डीय ऊर्जालाई नै शारीरिक शक्तिमा बदल्ने सामर्थ्य राख्छन् ।

भदौ १० गते आएको ठूलो बाढीले त्रिशुली ३ए जलविद्युत आयोजनाको सुरुङ्गमा थुनिन पुगेका इन्जिनियर संजय साहले बाह्य उद्धारको प्रतीक्षा गर्नु बाहेक अरु केही पनि पौरख व्यर्थ रहेको अवस्थालाई आत्मबोध गर्दै स्थिर चित्त लाएर भगवान श्री कृष्णको मन्त्र जाप गर्दै बस्दा उनले उर्जा संचय गर्न सकेकै कारण ९ दिन पश्चात् पनि बाँच्न र उर्जा जोगाउन सफल भएको कुरालाई कुनै पनि विज्ञानले नकार्न सक्दैन ।

आज सकुशल उद्धार भएपश्चात् संजय साहले मिडियाको प्रश्नको उत्तरमा “महामन्त्रको जाप गरेर बसें” भन्दा पश्चिमा प्रभावित केहि स्वघोषित आधुनिक वौद्धिक सम्पादकहरूले सामाजिक सन्जालमा “अस्पताल नबनाउ, मन्त्र जाप गर” भन्दै बुद्धिस्खलित हुँदैगरेको पाइयो । ती विद्वानहरूलाई पहिला थोरै सनातन धर्म र योग साधना विज्ञानको बारेमा पनि पढ्न अनि बिज्ञान पढ्न अनुरोध गरें ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*