यही साउन १० गते सुनसरीको #देवानगंज गा.पा. को #कप्तानगंज मा बोलबम जाने तैयारी गरिरहेका युवाहरू माथि केही उपद्रवी मुस्लिमहरूले आतंकी शैलीमा ढुंगामुढा गर्दै कुटपिट गरेपछिको विवाद मिलाउने क्रममा अकारण शंकास्पद ढंगले गोली चल्दा मारिएका ३ जना तथा उक्त घटनाको बिरोधमा आन्दोलन गर्दा सिरहाको #गोलबजार मा एकजना बालक गरि ४ जना मृतकहरूलाई नेपाल सरकारले #सहिद घोषणा गरेर सम्मान दिएकोमा पूर्व न्यायाधीश जस्तो व्यक्ति डा. #सलाहुद्दीनअख्तरसिद्दिकी ले आफ्नो फेसबुक पोस्ट मार्फत सहिदहरूलाई #उपद्रवी भनेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
न्यायाधीश रहिसकेको व्यक्तिले सहिदको यस्तो अपमान गर्नु अत्यन्त निन्दनीय एवम् आपत्तिजनक छ । राज्यको पेन्सन खाएर बसेका डा. सिद्दिकीले आम जनताको भावना अनुसार राज्य द्वारा गरिएको यो निर्णयको मात्र अपमान गरेका होइनन्, आम नेपाली जनभावनाको अपमान गरेका हुन् । यस अभिव्यक्तिको लागि उनले सार्वजनिक रुपमा क्षमा माग्नुपर्छ । सरकारले सिद्दिकीको यो धृष्टताको लागि जवाफ (स्पष्टीकरण) मागोस् । यिनले सार्वजनिक रुपमा जनतासँग माफी नमागेको खण्डमा यिनले जनताको करबाट खाइरहेको पेन्सन रोक्का गरियोस् ।

Leave a Reply