काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति विवाद
दुई पटकदेखि #काठमाडौं_विश्वविद्यालय को #उपकुलपति नियुक्ति निकै विवादित हुँदै गएको छ । तीन दशकसम्म राजनीतिबाट टाढा रहन सफल विश्वविद्यालय अहिले सम्भवतः सर्वाधिक राजनीति हुने विश्वविद्यालयमा दरिएको छ । उपकुलपति त एक जना हुने हुन्, विश्वविद्यालय भित्रै पनि योग्य आकांक्षी धेरै छन्, कसिलो प्रतिस्पर्धा त हुने नै भयो, तर उच्च गरिमाको अपेक्षा हुने प्राज्ञहरू नै एकअर्काको #धरिया (कट्टु) खोलाखोलमा उत्रिए पछि विश्वविद्यालयको गरिमा के रहयो ? गलत व्यक्ति नआउन्, सही व्यक्तिले सहजतापूर्वक काम गर्न पाउन्, यसैमा सम्पूर्ण विश्वविद्यालय परिवारको हित छ । यस मंत्रलाई सबैले आत्माले अङ्गिकार गरौं । जय केयु !