साम्प्रदायिक सद्भाव, शान्ति र सुव्यवस्था कायम राख्न अपील – सि.एन. खड्गा

नेपालमा साम्प्रदायिक सद्भाव खलबलाउन र हिंसा भड्काई अशान्ति र अस्थिरता उत्पन्न गर्न विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वहरू सक्रिय रहेको सबैलाई बिदितै छ । यस्तो अवस्थामा देश भित्रकै केही धर्म विशेषका उच्छृङ्खल अराजक तत्वहरू अर्को धर्म सम्प्रदाय र समुदायको बारेमा असभ्य र अस्लिल टिकाटिप्पणी गरी उत्तेजित पार्ने काम गर्ने गरेको, एक अर्का सम्प्रदायको चाडपर्वमा उच्छृङ्खल कार्य गरी अवरोध गर्ने जस्ता कार्यहरूले बेलाबेलामा छिट्फुट साम्प्रदायिक द्वन्द्व उत्पन्न भैरहेको पनि पाइन्छ ।

सदियौंदेखि मिलेर बसेको नेपाली समाजमा कुनै पनि बाहिरी तत्वको उक्साहट र बहकाउमा परी शान्ति र सौहार्द्रपूर्ण रहेको सामाजिक वातावरण बिगार्ने काम राष्ट्रिय हित बिपरित हुने कुरामा कसैको दुईमत हुँदैन । नेपाल भित्र त्यस्ता स्वार्थी तत्वहरूले खेल्न नपाउन् भन्ने हामी सम्पूर्ण नेपालीको चाहना हो । यसको लागि समाजका सबै धर्म, सम्प्रदाय, जाति र समुदायका जिम्मेवार नागरिक, अगुवा र संघ संस्थाहरूको साझा दायित्व हो । एकले अर्काको अस्तित्व नस्वीकार्ने अवस्था छैन, मिलेरै बस्नु समयको आवश्यकता हो । यस तथ्यलाई स्वीकार गर्दै सबै अगाडि बढ्नुपर्छ । सबैले आ-आफ्ना पक्षलाई अनुशासित र सम्यमित राख्ने र आपसी सौहार्द्र वृद्धि गर्ने खालका गतिविधिहरू गरिराख्न जरुरी छ ।

हिजो जनकपुरमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिले यसको आवश्यकतालाई झन् पुष्टि गरेको छ । जनकपुरको घटनामा स्थानीय प्रहरी र प्रशासनको पनि दोष छ । जति खेर केही मुस्लिम युवाहरूले हिन्दू धर्म लक्षित असभ्य र गालीगलौजपूर्ण टिकटक भिडियो बनाएर पोस्ट गरे, त्यसको बिरोध गर्दै हिन्दू समुदायका युवाहरूले प्रहरी प्रशासनमा उजुरी गर्न जाँदा प्रशासनले कुनै ध्यान दिएन । त्यसपछि हिन्दू युवाहरू स्वयं उक्त उच्छृङ्खल मुस्लिमको घरमा गएर उक्त आपत्तिजनक भिडियो मेट्न र गलतीको लागि माफी माग्न भन्दा अन्य मुस्लिमहरू समेत जम्मा भएर हिन्दूहरूसँग झगडा गर्न थाले । त्यसपछि मात्र आक्रोशित हिन्दूहरूले मस्जिदमा तोडफोड गरेका र कागजपत्र जलाएका हुन् ।

सुन्नमा त यो पनि आइरहेको छ कि हिन्दू युवाहरू होइन, मुस्लिमहरू आफै मस्जिदमा गएर तोडफोड गर्दै हिन्दूहरू माथि झुठो आरोप लगाएका हुन्  रे ।

जनकपुर नजिकको एउटा गाउँबाट शुरुभएको यो बिवाद अहिले अन्य ठाउँमा पनि सरेको छ । यसै बिवादको कारण बिरगंजमा आज कर्फ्यु समेत लगाउनु परेको छ । सुन्दर शान्त नेपालमा हुनथालेका यस्ता वाहियात किसिमका बिवादहरू चिन्ताजनक छ । यो हाम्रो समाजको भविष्यको लागि राम्रो होइन ।

तसर्थ म दुबै समुदायका नागरिकहरूसँग सम्यमीत हुन र समाजमा शान्ति र सद्भाव कायम राख्न र ढिलै भए पनि प्रशासनले कारबाही थालिसकेकोले थप हिंसा भड्काउने काम कुनै पनि पक्षबाट नगर्न हार्दिक अपील गर्दछु ।

🕉️ शान्ति 🙏 जय श्री राम 🙏

2 thoughts on “साम्प्रदायिक सद्भाव, शान्ति र सुव्यवस्था कायम राख्न अपील – सि.एन. खड्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *