काठमाडौं । नेपाल–भारत वर्ल्र्ड डेभलपमेंट फोरमद्वारा आज काठमाडौंमा नोटबन्दीको विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फोरमका अध्यक्ष मधुरेन्द्र चौधरीले नोटबन्दी नेपालको लागि आवश्यक रहेको भन्दै नोटबन्दीले भ्रष्टाचारी नांगिने र लुकाएर राखेको पैसा बाहिर आउने बताए । उनले नोटबन्दी भारतमा पनि भएको र धेरै नोट बैकिङ्ग प्रकृयामा आएर भारतको अर्थतन्त्र बलियो भएको जिकिर समेत गरे ।


कार्यक्रममा पिछडावर्ग (OBC) का अध्यक्ष कौशल कुमार सिंहले नोटबन्दीबारे एक कार्यपत्र प्रस्तुत गरेका थिए जसमा Gen Z आन्दोलनको बेला धेरै नेताहरुको घरमा ठूलो मात्रामा जलेको नोट भेटिएपछि नेपालमा धेरै मात्रामा कालो धन रहेको पुष्टि भएको भनेका छन् । जेनजी आन्दोलनपछि कालो धनलाई बाहिर ल्याउन वा कालो धनलाई समाप्त पार्न सिधा रुपमा ठूला नोटबन्दी हुनुपर्ने आवाज सर्वसाधारणबीच उठन थालेको कार्यपत्रमा भनिएको छ । त्यस्तै, नोटबन्दी एक अत्यन्त कठोर कदम रहेको भन्दै उनले नोटबन्दीको विषयमा अर्थशास्त्रीहरू, नीति निर्माताहरू र आम नागरिकबीच बहस शुरु भएको तथा यसबारे अहिले सामाजिक सञ्जाल र आम सर्वसाधारण बीचमा रु. ५०० र १००० दरका नोटबन्दी (Demonetization) गर्नुपर्ने आवाज उठेको भनेका छन् । उनले कार्यपत्रको अन्तमा नोटबन्दी गम्भिर विषय भएको भन्दै नोटबन्दी हल्ला गरेर गर्ने विषय होइन्, यसका लागि ठूलो राजनीतिक इच्छाशक्ति र गोप्य मौद्रिक योजनाहरु आवश्यक पने बताएका छन् ।

कार्यक्रममा अर्थविद्र प्रा.डा. गोपीलाल न्यौपानेले नोटबन्दीले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका थिए । उनले ५०० र हजारका नोट बन्दी गरेपछि भ्रष्टाचार कम हुने र चलनचल्तीमा नरहेका नोट बाहिर आउने बताए । नोटको सर्कुलेसन भइराख्नु पर्छ भन्दै उनले यसबारेमा छलफल चलाइराख्नु पर्ने आवश्यकतामा जोड दिएका थिए । उनले हरेक नागरिक अर्थशास्त्री नै हो भन्दै व्यक्तिको भाषा (योग्यता अनुसार) फरक हुन सक्छ तर ज्ञान उही रहेको समेत बताए ।

त्यस्तै, मौद्रिक अर्थशास्त्री प्रा. नरबहादुर थापाले ५०० को नोट १९% र हजारका नोट ५९% सर्कुलेशनमा रहेको भन्दै नोटबन्दीले निम्न र मध्यमवर्गीय समाजमा समस्या निम्त्याउने बताउनु भयो । उनले अहिले नोटबन्दीको सट्टा सम्पति शुद्धिकरणबारे बहस चलाउनुपर्ने धारणा राख्नुहुँदै नोटबन्दीको लागि नेपालमा पर्याप्त पूर्वाधार तैयार नरहेको भन्दै यसको लागि जनतालाई विश्वासमा लिन सक्ने बलियो सरकार चाहिने जसले सम्पूर्ण संयन्त्र परिचालन गर्न सक्ने आवश्यकतामा जोड दिनुभयो ।

त्यस्तै, कार्यक्रममा पूर्व क्याम्पस प्रमुख प्रा.डा. रामप्रताप यादवले नोटबन्दीको बारेमा डिसकोर्सको सुरुवात राम्रो हो, यसको लागि थप कम्प्लिमेन्ट्र टुल्स पनि चाहिन्छ भन्दै उनले नोटबन्दीमा गरिबले बढि दुःख पाउने सम्भावना रहने औल्याउँदै त्यसको लागि सरकारको तयारी राम्रो हुनुपर्छ ।

प्रा.डा. रामनन्दनप्रसाद चौधरीले नोटबन्दीले भ्रष्टाचार कम गर्ने र सुशासन अभिवृद्धि गराउने भएकोले शुरुवात राम्रो रहेको बताए ।

कार्यक्रममा अधिवक्ता डा. जयमंगल प्रसाद जयसवालले यस बारेमा गम्भीर अध्ययन र अनुसन्धान हुनुपर्छ भन्दै भ्रष्टाचारबारे विस्तृत अनुसन्धान हुनेपर्ने बताए । उनले अहिले मनीलाउन्डरिङ, क्रिप्टो लगायतमा अवैध धनको लगानी भइरहेको बारेमा पनि अनुसन्धान हुनुपर्नेमा जोड दिदैँ भने यस लगायत यो संगठनले शिक्षा र स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधारात्मक कार्यहरू बारे समेत काम गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, पिछडावर्ग महासंघका महासचिव सि.एन. खड्गाले नोटबन्दीले भ्रष्टाचार घट्नुका साथै बैंकिङ्ग प्रणाली बाहिर लुकाइराखिएका नोट बाहिर आएर बजारमा प्रवाहित भएपछि बजार गतिशील हुने भन्दै नोटबन्दीसँगै सम्पत्ति शुद्धिकरणको लागि कारवाही पनि अगाडी बढनुपर्ने बताए ।

वरिष्ठ लेखापरीक्षक जितन यादवले नोटबन्दीभन्दा पनि भ्रष्टाचार, कर छली र कालो धन बारे जनचेतनाको आवश्यकता बढि रहेको बताए । उनले नोटबन्दी गर्न अवस्था बाहिर देखिने जस्तो नरहेको भन्दै यसबारेमा गहिरिएर अध्ययन गर्नुपर्ने बताए ।

त्यस्तै, अनुसन्धानकर्मी दीपक गुप्ताले नेपालको निर्माण नै भ्रष्टाचारबाट भएको बताए । उनले यहाँ बढि लगानी अनुत्पादक क्षेत्रमा भएको भन्दै सम्पत्ति शुद्धिकरणमा विस्तृत अनुसन्धान हुनुपर्ने धारणा समेत राखे ।

पूर्वएसपी हजारीप्रसाद जयसवालले नोटबन्दीसँगै समपत्ति शुद्धिकरणको अनुसन्धान पनि हुनपर्ने धारणा राखे ।

त्यस्तै पूर्व अधिकृत गणेश चौधरीले अहिले देशमा बाहुन र क्षेत्रीबीचमा ठूलो द्वन्द्ध रहेको भन्दै कल्याणकारी राज्य निर्माणका लागि नोटबन्दी भन्दा सम्पत्ति शुद्धिकरण अहिलेको अवस्थामा राम्रो हुने तर्क गरेका थिए ।

कार्यक्रममा प्रा. विजय महासेठ, पिछडावर्ग महासंघका उपाध्यक्ष राजकुमार चौधरी, दलित अधिकारकर्मी नरेन्द्र पासवान, महेश कलवार, सचिन्द्र यादव, झुमुकलाल यादव, सुकदेव यादव, कैलाश जैन, पुरुषोत्तम कुमार सिंह, सन्तोषी विश्वकर्मा, इन्दिरा शाह लगायतका वक्ताहरुले नोटबन्दीमाथि प्रकाश पार्दै कार्यपत्रको प्रशंसा गरेका थिए ।
कार्यक्रममा फोरमका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति थियो ।





kgkwejwphvvwmeusiormoigywyqgdx
hktqreuxkzvsrpjkrdjpvkjhvjwydw
clickrevenue.click – Content reads clearly, helpful examples made concepts easy to grasp.