काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको सम्बन्धविच्छेद

अन्ततः काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको दीर्घकालीन सहकार्य सम्झौता भङ्ग भई धुलिखेल अस्पताल छिट्टै काठमाडौं विश्वविद्यालयबाट छुट्टिने निश्चित भएको छ ।

दुबै संस्थालाई एकजुट राखीराख्न तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गत वर्ष  गर्नुभएको प्रयास विफल भएको छ । गत २८ दिसम्बर २०२५ का दिन सम्पन्न अस्पतालको ३०औं स्थापना दिवस समारोहमा विश्वविद्यालय तर्फका रजिस्ट्रार समेत कुनै पदाधिकारी सहभागी नभएको र प्रमुख अतिथिको रुपमा आउनुभएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बालियाँकै मन्तव्यले समेत पुष्टि गरेको छ ।

यस्तो अवस्थामा धुलिखेल अस्पताल समेतका सम्पूर्ण काठमाडौं विश्वविद्यालय परिवारका मनमा यी स्वाभाविक प्रश्नहरू उठ्छन् –
अब के हुन्छ ? कसरी हुन्छ ? यस विभाजनबाट कसलाई के फाइदा हुन्छ ? कसलाई के वेफाइदा हुन्छ ? देशले के पाउँछ ? जनताले के पाउँछन् ? भौतिक स्रोत साधन तथा मानव संसाधनको व्यवस्थापन कसरी हुन्छ ?

जे हुन्छ, राम्रै हुन्छ । झन्डै तीन दशकको सहकार्यका क्रममा दुबै संस्थाको प्रारम्भिक आकार र स्वरुपमा जुन किसिमले विकास र विस्तार भएको छ, छुट्टिदाखेरी त्यसको हिसाबकिताब सौहार्द्रपूर्वक हुनु महत्वपूर्ण हुनेछ । तर यदि अस्पताल साँच्चै छुट्टियो भने यही विवाद मिलाउन र संस्थालाई एकजुट बनाइराख्न भनेर उपकुलपति र रजिस्ट्रारको जिम्मेवारी पाउनुभएका प्रा.डा. अच्युत प्रसाद वाग्ले र प्रा.डा. राजीव श्रेष्ठ माथि असफलताको लान्छना भने अवश्य लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *