एसपी डिएसपीहरू मधेशमा कमाउनकै लागि जान्छन् ।

यो कुरा कसलाई थाहा छैन कि एसपी डिएसपीहरू भारतसँग जोडिएका मधेशका जिल्लाहरूमा सरुवा मागी जाने लुट्नकै लागि हो ! अस्ति भर्खर सप्तरीका यस्तै लुटेरा एसपीलाई पत्रकार #दिवाकर भाइले राम्रैसँग खुइल्याएर सरुवा गरिएको ताजै छ । यस्तोमा सर्लाहीका एसपीले म चोखो छु भनेर फुर्ती लाउन सुहाउँदैन ।

जहाँसम्म गालीगलौजको प्रश्न छ, त्यो एकतर्फी त पक्कै होइन होला, दुईतर्फी गालीगलौज भएको हुनुपर्छ । एसपी #योगेन्द्रखड्का लाई पावरको धङधङी नहोला र ? जनता समाजवादी पार्टीका #मधेश प्रदेश अध्यक्ष #अशोकयादव वा अन्य कोही नेताले एउटा जिल्ला प्रहरी प्रमुख (एसपी) लाई त्यतिकै गाली दिन थाल्यो होला र ? ईन्टरनेटमा उपलब्ध अर्को अडियो क्लिपमा पहिले एसपी खड्काले नै “मासाला” भनेर गाली गरेको, त्यसपछि मात्र यादवले अपशब्द प्रयोग गरेको प्रष्ट सुनिन्छ । खड्काको गालीलाई हटाएर यादवको गाली मात्र मधेश बिरोधि मिडियामा प्रसारित गरिएको रहेछ ।

टुक्राटाक्री जोडेर जारी गरिएको अडियो रेकर्डिङमा साबित गर्न खोजिए जस्तो एकतर्फी आक्रामकता र गालीगलौज एउटा जिम्मेवार नेताबाट कदापि हुनसक्दैन । वार्तालाप यस्तो बिग्रनुमा एसपीले पनि पदको ध्वाँस देखाएकै हुनुपर्छ । तर त्यसैलाई निहुँ बनाएर कानूनी दाउपेंच प्रयोग गरी जनता माथि दमन गर्ने र आफ्नो लूटतंत्रलाई ढाकछोप गर्ने कुरा जनतालाई मान्य हुँदैन । भए नभएका कानूनी अभियोग (आपराधिक उपद्रव) लगाएर गिरफ्तारी र प्रतिशोधात्मक कारबाहीले आम जनतामा आक्रोश भड्किने र देशको शान्ति सुव्यवस्थामा खलल पुग्ने काम प्रहरी संगठनले गर्नुहुँदैन । बेलैमा बुद्धि पुगोस् । जय मातृभूमि । जय समाज ! जय मधेश ।

One thought on “एसपी डिएसपीहरू मधेशमा कमाउनकै लागि जान्छन् ।

  1. Understanding your own motivations before you play is key-like jljl77 emphasizes with mindful registration. It’s about enjoyment, not chasing wins. Check out jljl77 casino for a platform focused on balanced gaming & responsible play. A smart approach makes all the difference!

Leave a Reply

Your email address will not be published. Required fields are marked *